logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

बडादशैँको चौँथो दिन आज, कुष्माण्डा भगवतीको पूजा गरि मनाइदै


अंकुरण खबर
1.599K
Shares

आज नेपालीहरुको महान पर्व बडादशैँको चौँथो दिन कुष्माण्डा भगवतीको विशेष पूजा आरधाना गरि मनाइदैन् ।

नवरात्रको चौँथो दिन कुष्माण्डा भगवतीको पूजा गर्दा शरीरमा वायु तत्वको सन्तुलन हुनुको साथै आयु, यश, बल, आरोग्यता , बुद्धि, बढ्ने धार्मिक विश्वास रहदै आएको छ । भगवती दूर्गाको कूष्माण्डा शक्तिबाट नै ब्रह्माणको उत्पत्ती भएको धार्मिक विश्वास छ । सूर्य मण्लमा निवास रहेको र सेतो कुभिण्डोको जस्तो रुप भएका कारण भगवतीलाई कूष्माण्डा भनिएको हो ।

कुष्माण्डा भगवतीका लागि कुभिण्डोको वलि अति प्रिय मानिएको छ । चौथो दिन यिनको पूजाले मनुष्यले आयु, यश, बल, आरोग्यता प्राप्त हुने मान्यता छ । कुष्माण्डा मातालाई शुभकर्म थालनी वा सृष्टिको प्रतीकको रुपमा पूजा गरिन्छ ।

यी देवी उष्ण रक्तसमूह मानव, चराचरुङ्गी तथा शीतरक्त समूह माछा,सर्प लगाएतका सारा प्राणीको सिर्जना शक्ति भएकी माता भनेर शास्त्रहरुमा उल्लेख गरेको पाइन्छ ।

बडा दशैंको पहिलो दिन दशैँ मनाइने घरघरमा घटस्थापना गरि शैलपुत्रीको पूजा गरिन्छ भने, दोस्रो दिन ब्रम्हचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौंथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छौटौं दिन कात्यायनी, सातौं दिन कालरात्री, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्रीको पूजा गरिन्छ ।