logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

उद्योगमन्त्री गजेन्द्र हमालको राजीनामा स्वीकृत


अंकुरण खबर
780
Shares

उद्योग, वाणिज्य तथा आपूर्तीमन्त्री गजेन्द्र हमालले दिएको राजीनामा प्रधानमन्त्री शेरबहादुर देउवाले स्वीकृत गरेका छन्।

आइतबार बिहान बालुवाटार पुगेर मन्त्री हमालले प्रधानमन्त्री देउवालाई राजीनामापत्र बुझाएका थिए।

हमालले राजीनामा दिएसँगै देउवाले राजीनामा स्वीकृत गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

प्रधानन्यायाधिश चोलेन्द्र शमशेर जबराको कोटाबाट मन्त्री भएको भन्दै आलोचना भएपछि मन्त्री बनेको २ दिनमै हमालले राजीनामा दिएका हुन।