logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

जसपाका प्रदेश-२ का मुख्यसचिव झाले दिए राजिनामा


अंकुरण खबर
819
Shares

जनता समाजवादी पार्टी (जसपा) का प्रदेश २ का मुख्य सचिव शम्भु झाले राजिनामा दिएका छन् ।

झाले मुख्य सचिवसहित पार्टीको सम्पूर्ण जिम्मेबारीबाट राजिनामा दिएको बताएका छन् ।

‘यो पार्टीमा काम गर्ने आफ्नो योग्यता र क्षमता नभएकोले म जसपाको प्रदेश मुख्यसचिव लगायत पार्टीको सम्पुर्ण जिम्मेवारी वाट राजीनामा दिएको छु’ झाले बताएका छन् ।

जनता समाजवादी पार्टीको मुख्यसचिव भएर विगत ५ वर्ष २ महिनासम्म काम गरेको बताउँदै झा आफ्नो योग्यता र क्षमता भन्दा ठूलो पद आफूले पाएको बताए ।

झाले आफू बाँचुजेल अन्य कुनै पनि राजनीतिक पार्टीमा नजाने समेत बताएका छन् ।

प्रदेश समितिलाई समायोजन गर्न पार्टीका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादव जनकपुरधाम आएको बेला उनले पार्टीबाट राजिनामा दिएका हुन् । अध्यक्ष यादवले तत्कालिन राजपाबाट जसपामा आएकालाई समेत समायोजन गरी प्रदेश समिति आजै घोषणा गर्ने कार्यक्रम रहेको छ ।