माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठले नवनियुक्त उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गजेन्द्रबहादुर हमालको राजीनामा जनताकै भावनाअनुसार भएको बताएका छन्।
गैरसांसदलाई मन्त्री बनाउने व्यवस्था संविधानमा भएको र सोहीबमोजिम हमाललाई मन्त्री बनाइएको स्पष्ट पार्दै उनले जनताले स्विकार्न नसक्दा राजीनामा दिने अवस्था आएको स्पष्ट पारे।
वाईसीएल सर्लाहीले लालबन्दीमा आयोजना गरेको कार्यक्रमा सहभागी हुन आएका बेला जनकपुरधाम आएका श्रेष्ठलाई सञ्चारकर्मीले विमानस्थलमा गैरसांसदलाई किन मन्त्री बनाइयो भन्ने प्रश्न गरेका थिए।
संविधानको प्रावधानअनुसार गैरसांसदलाई मन्त्री बनाइए पनि प्रावधानको औचित्य पुष्टि गर्न नसकेको र राजीनामा दिनुपर्ने अवस्था सिर्जना भएको बताए।
मन्त्रिपरिषद विस्तारमा ढिलाइ हुनुको कारण पाँचदलीय गठबन्धनमा रहेको आन्तरिक समस्या भएको प्रवक्ता श्रेष्ठको भनाइ थियो।