सुकुम्बारी हटाउने क्रममा मोतीपुर औद्योगिक क्षेत्रमा प्रहरीले हावाइ फायर र गोली प्रहार गरेको छ ।
औद्योगिक क्षेत्रमामा बसेका सुकुम्वासी हटाउन खोज्दा प्रहरीमाथि ढुंगामुढा प्रहार भएपछि प्रहरीले आइतबार दिउँसो हवाइ फायर र गोली प्रहार गरेको हो ।
त्यसक्षेत्रमा केही समयदेखि विभिन्न जिल्लाका मानिसहरू आएर सुकुम्बासीको रूपमा बसिरहेको प्रहरीले बताएको छ ।
आइतबार दिउँसो स्थानीय प्रशासनले उनीहरूलाई हटाउन खोज्दा प्रहरीमाथि ढुंगामुढा प्रहार भएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले जानकारी दिए ।