logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

रूपन्देहीको मोतीपुरमा गोली लागेका एक जनाको मृत्यु (अपडेट)


अंकुरण खबर
1.391K
Shares

बुटवलको मोतिपुर औद्योगिक क्षेत्रमा प्रहरीको गोली लागेर एकजनाको मृत्यु भएको छ ।

औद्योगिक करिडोर क्षेत्रमा अतिक्रमण गर्न बसेका स्थानीय र सुरक्षाकर्मीबीच झडप हुँदा घाइते मध्ये एकको मृत्यु भएको हो ।

भीड तितरवितर पार्न प्रहरीले गोली चलाएको र झडपमा करिब ३ दर्जन हवाई फायर भएको थियो। झडपमा गोली लागेका मध्य एकजनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

अस्थायी रुपमा बनाइएका टहराहरु भत्काउन खोज्दा स्थानीय र प्रहरीबीच झडप भएको हो। अवस्था अहिले पनि तनावपूर्ण रहेको छ ।

सुरक्षाकर्मीले आइतबार बिहानैदेखि अस्थायी रुपमा बनाइएका घर टहर भत्काउने काम गरेको थियो ।