logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

वाग्मती प्रदेशसभा बैठक कात्तिक ४ गतेसम्मका लागि स्थगित


अंकुरण खबर
858
Shares

वाग्मती प्रदेशसभाको नवौं अधिवेशनअन्तर्गत दोस्रो बैठक बस्दै नबसी स्थगित भएको छ।

वागमती प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले आह्वान गरेबमोजिम आज (आइतबार) देखि नवौं अधिवेशन सुरु भएको थियो।

यस अधिवेशनअन्तर्गत पहिलो बैठक सकिएलगत्तै सभामुख सानुकुमार श्रेष्ठले १५ मिनेटपछि दोस्रो बैठक बस्ने जानकारी दिएका थिए। तर दोस्रो बैठक बस्दै नबसी कात्तिक ४ गतेसम्मका लागि बैठक स्थगित भएको हो।