logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

जन्ती बोकेको जीप दुर्घटनामा चार जनाको मृत्यु, १४ जना घाइते


अंकुरण खबर
1.053K
Shares

गए राति अछाममा जन्ती बोकेको जीप दुर्घटनामा चार जनाको मृत्यु भएको छ ।

आछामका पञ्चदेवल विनायक नगरपालिका–१ कुइकामा से १ च १७६३ नम्बरको जीप गए राति राति ११ बजेतिर दुर्घटनामा हुँदा ४ को मृत्यु र अन्य १४ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।

रातीको समयमा दुर्घटना भएकाले के कारणले भयो नखुलेकाले थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । दुर्घटनामा पञ्चदेवल विनायक–२ का १४ वर्षीय जीवन न्यौपाने,,सोही ठाउँका १८ वर्षीयका सर्प बोहरा र १७ वर्षीय हिमाल नेपाली तथा पञ्चदेवल वडा नम्बर ३ का १८ वर्षीय जीवन जैसीको मृत्यु भएको छ ।

घाइतेको अधिकांशको जिल्ला अस्पताल अछाममा र गम्भीर घाइते २ जनाको नेपालगञ्जको अस्पतालमा उपचार भैरहेको छ ।