logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

मनसुन आज भोलिमै बाहिरिन सक्ने सम्भावना


अंकुरण खबर
754
Shares

यसपालिको मनसुन आज भोलिमै बाहिरिने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

मौसमविद् निराजन सापकोटाकाअनुसार लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशबाट मनसुन बाहिरिइसकेको छ ।

गण्डकीसहित पूर्वी पहाडी क्षेत्रमा भने हल्का प्रभाव छ । ‘आजभोलिमै मनसुन बाहिरिने सम्भावना छ, हामीले अध्ययन गरिरहेका छौँ। भरे बेलुकासम्म सूचना निकाल्ने छौँ’– उनले भनेका छन् ।

यसपालि गएको जेठ २८ गते मनसुन भित्रिएको थियो । यसपालिको मनसुनमा औसतभन्दा धेरै वर्षा भएको छ । मनसुन नेपालबाटै बाहिरिने अवस्थामा रहेकाले अबको दुईरतीन दिन मौसम सफा हुने पनि मौसमविद् निराजन सापकोटाले जानकारी दिए ।

अहिले तराईका धेरैजसो जिल्लामा घाम लागिसकेको छ । केही जिल्लामा भने हुस्सु छ । यस्तै, काठमाण्डौ उपत्यकासहित आसपासका क्षेत्रमा पनि आज घाम लाग्ने मौसमविद्ले बताएका छन् ।

मौसमविद्का अनुसार पहाडी क्षेत्रका केही ठाउँमा भने फाट्टफुट्ट पानी पर्ने सम्भावना रहेको छ । यी क्षेत्रको मौसम अहिले आंशिक बद्ली छ । तर, अबको केही दिन देशभर नै ठूलो पानी नपर्ने मौसमविद्ले बताएका छन् ।