logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

बसपार्कमा नक्कली टिकटको किनबेच, दुई जना पक्राउ


अंकुरण खबर
949
Shares

सुर्खेत बसपार्कमा बसको नक्कली टिकटको किनबेच हुने गरेको खुलासा भएको छ ।

टिकटका लागि पुग्ने यात्रुलाई नक्कली टिकट दिएर पैसा असुलेको आरोपमा दैलेख आठविस नगरपालिका-४ का प्रकाश शाही र वीरेन्द्रनगर-६ शनिहललाइनका सञ्जु सुनार पक्राउ परेका हुन् ।

प्रहरीले उनीहरुको साथबाट एक ठेली नक्कली टिकटसमेत बरामद गरेको छ । पक्राउ परेका व्यक्तिले दुई टिकट काटिसकेको प्रहरीले फेला पारेको छ ।

देउती नागरिक यातायात प्रालि लोगो र छाप बनाएर नक्कली टिकट किनबेच हुने गरेको फेला परेको हो । दुई टिकटमा सुर्खेतदेखि कालिकोट मान्मसम्म १ हजार ८ सय ५० र सुर्खेत(जुम्ला २ हजार रुपैयाँ भाडा उल्लेख छ ।