logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पानीमा डुबेर एक महिलाको मृत्यु


अंकुरण खबर
676
Shares

बारामा नहरको पानीमा डुबेर एक महिलाको मृत्यु भएको छ ।

सुवर्ण गाउँपालिका वडा नम्बर १ पशुरामपुर टोलकी ५० वर्षीय तसलिमा खातुनको पानीमा डुबेर मृत्यु भएको अस्थायी प्रहरी पोष्ट चरमोहनाले जनाएको छ ।

सोही ठाउँस्थित नहरमा एक महिला मृत अवस्थामा रहेको स्थानीयबाट सूचना प्राप्त भएपछि सोधपुछ गर्दा मानसिक अवस्था ठिक नभएको तसलिमा आइतबार बिहानैदेखि बेपत्ता रहेको तथा साँझ ४ बजे नहरको पानीमा मृत भेटिएको बाराका प्रहरी नायब उपरीक्षक गौतम मिश्रले बताए ।

मृतक तसलिमाको शव परीक्षण गर्न कलैया अस्पतालमा ल्याइएको छ ।