logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

मोतीपुरमा सुकुम्बासी मारिएको घटनाको विषयमा एमालेद्वारा सरकारको जवाफ माग


अंकुरण खबर
676
Shares

प्रमुख प्रतिपक्षी नेकपा एमालेले रुपन्देहीको मोतीपुरमा सुकुम्बासी मारिएको घटनाको विषयमा सरकारको जवाफ मागेको छ ।

राष्ट्रियसभा बैठकको शुरुमै बोल्दै नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक खिमलाल भट्टराईले मोतीपुरमा भएको घटनाको सत्यतथ्य जानकारी माग गरेको हो । आफ्नै जिल्लामा सुकुम्बासी मारिँदा गृहमन्त्री बालकृष्ण खाँण मुकदर्शक बनेको उनले आरोप लगाए ।

सांसद भट्टराईले यो घटनाले गृहमन्त्रीको नैतिकतामाथि प्रश्न उठेको जिकिर गरे । उनले मोतीपुर घटनाको निष्पक्ष छानबिन गर्न, घाइतेको उपचारका प्रबन्ध गर्न, मृतकको क्षतिपूर्तिको प्रबन्ध गर्न पनि माग गरे ।

आइतबार बुटवल उपमहानगरपालिकाको मोतीपुर क्षेत्रमा सुकुम्बासीमाथि प्रहरीले गोली चलाउँदा ४ जनाको मृत्यु भएको थियो ।