logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

एक हजार नेपाली सहयोगी कामदार चुन्दै इजरायली दूतावास


अंकुरण खबर
1.807K
Shares

इजरायल दूतावासले सोमबार एक हजार नेपाली सहयोगी कामदार चुन्दैछ।

करिब नौ हजारभन्दा बढीको आवेदन, स्वास्थ्य परीक्षण र अन्तर्वार्ताबाट छानिएका १६ सयमध्ये एक हजार कामदार चिठ्ठा प्रक्रियाबाट छानिंदैछन्।

इजरायका राजदूत हनान गोदर भन्छन्, ‘लामो प्रयास र एक वर्षको प्रक्रियापछि आज एक हजार चुनिंदैछन्। यसरी चुनिएका कामदारहरूले पासपोर्ट मात्रै आफ्नो खर्चले बनाउन पर्ने हुन्छ। भिसा, टिकटलगायत सबै खर्च दुतावासले बेहोरिदिन्छ।’

इजरायल सरकार र नेपाल श्रम विभागको प्रयासबाट सो सम्भव भएको हो। पहिलो पटक भएको यस प्रकारको प्रक्रियाबाट नेपाली श्रमिकहरूले म्यानपावर लगायत अन्य बिचौलियाबाट ठगिने नपर्ने देखिएको छ।