logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

मोतीपुर घटनामा मृत्यु भएकाका परिवारलाई जनही एक लाख रुपैयाँ दिने सरकारको निर्णय


अंकुरण खबर
1.118K
Shares

लुम्बिनी प्रदेश सरकारले रूपन्देहीको मोतीपुर घटनामा मृत्यु भएकाका परिवारलाई जनही एक लाख रुपैयाँ दिने निर्णय गरेको छ।

प्रदेश सरकारका मुख्यमन्त्री कुलप्रसाद केसीले मृतकका परिवारलाई एकएक लाख रुपैयाँ दिने निर्णय गरेका हुन्।

मोतीपुर औद्योगिक क्षेत्रको जग्गा कब्जा गरी बसेकालाई हटाउने क्रममा आइतबार भएको झडपमा परी चार जनाको मृत्यु भएको थियो।

मुख्यमन्त्री केसीले रूपन्देही मोतीपुरका वास्तविक सुकुम्बासीको समस्या हल गर्न सुकुम्बासी समस्या समाधान सुझाव कार्यदल निर्माण बनाउन निर्देशन दिए। उनले रूपन्देहीका प्रमुख जिल्ला अधिकारीलाई कार्यदल बनाउन निर्देशन दिएका हुन्।

सोमबार बसेको सुरक्षा समितिको बैठकमा मुख्यमन्त्री केसीले यस्तो निर्देशन दिएका हुन्।