logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कास्की जीप दुर्घटना : काठमाण्डौबाट घुम्न गएका ७ सहित ८ जनाको ज्यान गयो


अंकुरण खबर
1.287K
Shares

कास्कीको घान्द्रुक नजिकै भएको जीप दुर्घटनामा आठ जनाको ज्यान गएको छ ।

कास्कीको नयाँपुलबाट घान्द्रुकका लागि छुटेको ग १ ज ६९०० नम्बरको जीप आज साेमवार दिउँसो कलाभिरमा दुघर्टना हुँदा आठ जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता सुवास हमालले जानकारी दिए ।

ज्यान गुमाउनेहरूमध्ये एक जना चालक रहेका छन् भने सात जना काठमाण्डौबाट घुम्न गएका युवायुवती रहेका छन् ।

दुर्घटनामा परेर ज्यान गुमाउनेमा जीप चालक कास्कीको अन्नपूर्ण गाउँपालिका ५ नयाँपुलका ४२ वर्षीय खुशीमान क्षेत्री छन ।

यसैगरी अन्य मृतकमा जीपमा सवार काठमाण्डाै महानगरपालिका ३ गोङ्गबु बस्ने १८ वर्षीय जिनलव घिसिङ, त्यही ठाउँका २४ वर्षीया सुजा चौधरी, २० वर्षीया लिजा चौधरी, २० वर्षीय सुमन चौधरी, २२ वर्षीय अछुतम काफ्ले, १८ वर्षीय आशिष आले र गोरखा घर भइ काठमाण्डाै गोङ्गबु बस्ने २७ वर्षीय विनय क्षेत्री रहेको प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकले जानकारी दिए ।

दुर्घटनामा काठमाडौ–३ गोङ्गबु बस्ने २० वर्षीया देविका घिसिङको बायाँ हात र नाकमा समान्य चोट लागेको र अस्पताल जानुपर्ने अवस्थामा नरहेको प्रहरीले जनाएको छ ।

भिरमा अड्किएको अवस्थामा प्रहरी र स्थानीयवासीले सकुशल उद्धार गरेकोे प्रहरी नायब उपरीक्षक विकले जानकारी दिए। उनी जीपको झ्याल खोलेर हाम फाल्दा बाँच्न सफल भएको प्रहरीले जनाएको छ ।