logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

यो वर्षको मनसुन पूर्ण रूपमा बाहिरियो


अंकुरण खबर
1.3K
Shares

नेपालबाट यो वर्षको मनसुन पूर्ण रूपमा बाहिरिएको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाले आज सोमबार बेलुकाबाट पूर्ण रुपमा यो वर्षको मनसुन बाहिरिएको छ । महाशाखाका अनुसार शुक्रबार नेपालको सुदूर पश्चिम र कर्णाली प्रदेशका सम्पूर्ण भूभाग तथा लुम्बिनी प्रदेशको पश्चिमी भूभागबाट मनुसन बहिर्गमन भएको थियो ।

सोमबार भने समग्र भू–भागबाट मनसुन बाहिरिएको महाशाखाले जनाएको छ । यस्तै आज देशभरको मौसममा सामान्यतया सफा देखि आंशिक बदली रहने मौसमविद्ले जानकारी दिएका छन् ।

पहाडी भू–भागको एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

अहिले बिहान सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशमा सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली रहेको छ ।

आज राति पनि देशभर सामान्यतया सफा देखि आंशिक बदली रही पहाडी भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङ्सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

हाल नेपालमा प्रत्यक्ष प्रभाव पार्ने उल्लेखनीय मौसम प्रणाली नरहेको महाशाखाले जनाएको छ ।