logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

डडेल्धुरामा बस दुर्घटना, १६ जना घाइते


अंकुरण खबर
1.183K
Shares

धनगढीबाट बाजुरा जाँदै गरेको ना७ख १७४ बस केआईसिंह राजमार्गअन्तर्गत अमरगढी नगरपालिका–१० स्थित राईबजार नजिकै दुर्घटना हुँदा १६ जना घाइते भएका छन् ।

घाइते हुनेमा ६ महिला, दुई बालबालिका र आठ पुरुष छन् ।

बस ब्रेक फेल भएर मंगलबार बिहान दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक महेन्द्र नेपालले जानकारी दिए ।

बसमा ५०-६० यात्रु रहेको र सामान्य घाइतेको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको उनले बताए।