logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

बलात्कार गरेको आरोपमा ललितपुरबाट एक पक्राउ


अंकुरण खबर
728
Shares

ललितपुरमा जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

३० वर्षीया महिलामाथि बलात्कार गरेको आरोपमा प्रहरीले बागमती गाउँपालिका-१ घुसेल बस्ने ३९ वर्षीय हरिशरण सत्याललाई सोमबार पक्राउ गरेको हो।

सत्यालले ती महिलालाई घर बनाउने काममा लगाएका थिए। सोमबार त्यहीँ खाना बनाउने ठाउँमा बसिरहेकी महिलामाथि एक्कासि जबरजस्ती करणी गरेको भन्ने खबर महानगरीय प्रहरी वृत्त चापागाउँले पाएको थियो।

सूचनापछि प्रहरी चौकी टीकाभैरवबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ।

घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।