logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

गाउँ फर्किनेको लर्को, ६ लाख ८८ हजारले छोडे काठमाडौं उपत्यका


अंकुरण खबर
1.027K
Shares

नेपालीहरुको महान चाड बडा दशैँको आगमनसँगै देशका विभन्न शहरहरुबाट गाउँ फर्किनेको लर्को लागेको छ ।

केही दिन यता नेपालीहरुको महान पर्व विजया दशमी तथा शुभदीपावली मनाउन काठमाडौंबाट गाउँ फर्किनेहरुको लर्को लागेको हो । केही दिनदेखि दशैँ मनाउन गाउँ जानेहरुको लर्को लागेसँगै काठमाडौं सुनसान बन्न थालेको छ ।

आज फूलपातीका दिन काठमाडौंको कोटेश्वर, तीनकुने, कलंकी, नयाँ बसपार्क लगायतका स्थानहरुमा मानिसहरुको लर्को लागेको थियो । बिस्तारै–बिस्तारै काठमाडौं शहरमा मानिसको चाप घट्दै गइरहेको छ भने सवारी साधनहरुको चापसँगै गाउँ फर्किने यात्रुहरुको लर्को देख्न सकिन्छ ।

नवरात्र शुरु भएसँगै रोजगारी र अध्ययनको सिलसिलामा काठमाडौं आएकाहरु गाउँ फर्किन थालेका हुन् । यातायात व्यवस्था विभागले लामो दूरीको सवारीसाधनको लागि अग्रिम टिकट बुकिङ आश्विन ११ गतेबाट खोलेदेखि मंगलवार (फुलपाती) बिहान ४ बजेसम्म ६ लाख ८८ हजार २४३ जना काठमाडौं उपत्यकाबाट बाहिरिएका छन् ।