logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

भारतबाट स्वदेश फर्किनेको भीड, सीमा नाकामा सुरक्षा सतर्कतामा कडाइँ


अंकुरण खबर
1.703K
Shares

नेपालीहरुको महान पर्व विजया दशमी ९दशैँ० मनाउन भारतबाट नेपाल फर्किनेहरूको लर्को लागेको छ ।

सुदूरपश्चिमका नागरिकहरुको रोजगारीको प्रमुख गन्तव्यस्थल भारतका विभिन्न शहरबाट चाडपर्व मनाउन गड्डाचौकी र गौरीफन्टा नाकाबाट स्वदेश फर्किनेको संख्यामा उल्लेखनीय वृद्धि भएको हो ।

गत दुई साता यता कञ्चनपुरको गड्डाचौकीबाट २४ हजार र गौरीफन्टा नाकाबाट दश हजारभन्दा बढी नेपाली स्वदेश फर्किएका छन् । गौरीफन्टा नाकाबाट मात्रै दैनिक एक हजारदेखि एक हजार ५ सय जनासम्म नेपाल प्रवेश गरिरहेको त्रिनगर सीमानाकाका प्रमुख हेल्थ डेस्क दिनेश ठकुल्लाले बताए ।

स्वदेश फर्किनेको भीड बढेसँगै प्रहरीले सीमा क्षेत्रको सुरक्षा सतर्कता बढाएको छ ।

उनले भने, ‘नेपाली नागरिकहरु भारत जानेभन्दा पनि आउनेको संख्या नै बढी छ, विगत दुई हप्ता यता आउनेको संख्या बढेको छ र जानेको संख्या एक्कासी घटेको छ, अहिले दिनमा ६ देखि ८ सय हाराहारीमा आइरहेका छन्, जानेको संख्या डेढसयदेखि २ सय जना छन्, पहिला जानेको संख्या ३ देखि ४ हजारसम्म हुन्थ्यो भने, ४ देखि ५ सयसम्म हुन्थ्यो, बाजुरा, अछाम, विकट ठाउँका नेपालीहरु रोजगारीको लागि जाने गरेका छन् ।’

भारतको दिल्ली, मुम्बइ, महाराष्ट्र, पन्जाव, पुने, बैङ्गलोर, सिमला, हरिद्वारलगायतका शहरमा नेपाली रोजगारीका लागि सदियौँदेखि आउने जाने गरेको स्वास्थ्यकर्मी गणेश साउदले बताए। उनले भारतबाट गाउँ फर्किनेबाट कोभिड संक्रमणको जोखिम रहेकाले सीमामा कोरोना परीक्षण र खोप लगाउने कामलाई पनि तीव्रता दिइएको बताए ।