आइतबार रुपन्देहीको मोतीपुर औद्योगिक कोरिडोरमा भएको झडपमा परि ज्यान गुमाउनेको परिवारलाई नेपाल सरकारमार्फत राहत रकम र किरिया खर्च उपलब्ध गराउन रूपन्देही प्रशासनले सिफारिस गरेको छ ।
नेपाल सरकारको तर्फबाट मृतकको हकमा किरिया खर्च बापत ५० हजार र राहत स्वरुप प्रतिपरिवार ५ लाख र प्रदेश सरकारका तर्फबाट प्रतिपरिवार १ लाख प्रदान गर्न सिफारिस भएको हो ।
सहायक प्रमुख जिल्ला अधिकारी कमल प्रसाद पाण्डेले मंगलबार बिज्ञप्ती जारी गर्दै सबै घाइतेहरुको उपचार बापत लाग्ने खर्चको लागि पनि नेपाल सरकार र प्रदेश सरकारलाई सिफारिस गरेको जनाइएको छ ।
जिल्लाका राजनीतिक दलहरुसँग सोमबार भएको समन्वयात्मक बैठकबाट प्रशासनले सुझाव लिएको जनाएको छ ।