logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पछिल्लो २४ घण्टामा थप ७९२ जनामा कोरोना पुष्टि, १४ जनाको मृत्यु


अंकुरण खबर
624
Shares

पछिल्लो २४ घण्टामा थप ७९२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

जनसंख्या तथा स्वास्थ्य मन्त्रालयले दिएको पछिल्लो जानकारी अनुसार देशभर ७ हजार ६० पीसीआर परीक्षणमा ६९१ र २ हजार ५५९ एन्टिजेन परीक्षणमा १०१ जना गरी कूल ७९२ जनामा कोरोना पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८ लाख ९६ हजार ७६९ पुगेको मन्त्रालयले जनाएको छ ।

त्यस्तै, कोरोनाका कारण थप १४ जनाको मृत्यु भएको छ । योसँगै हालसम्म नेपालमा ११ हजार २५७ जनाले कोरोनाका कारण ज्यान गएको छ ।

पछिल्लो २४ घण्टामा थप ९१० संक्रमित निको भएको मन्त्रालयले जानकारी दिएको छ । योसँगै हालसम्म नेपालमा ७ लाख ७७ हजार ७४१ संक्रमित निको भएका मन्त्रालयको भनाइ छ ।