मुगुमा मंगलबार भएको बस दुर्घटनामा मृत्यु भएका सबै ३२ जनाको सनाखत भएको छ ।
छायानाथ रारा नगरपालिका–७ पिनातपने खोलामा भएको दुर्घटनामा दसैंमा घर जाँदै गरेका यात्रीको मृत्यु भएको हो ।
बसमा ४६ जना सवार रहेको प्रहरीको भनाइ छ । मृतकमध्ये २४ जनाको घटनास्थलमै र अन्यको उपचारका लागि नेपालगञ्ज लैजाँदै गर्दा र उपचारका क्रममा मृत्यु भएको हो ।
दुर्घटनाका अन्य घाइतेको उपचार भइरहेको छ । टायर पंचर भएर दुर्घटना भएको प्रहरीको भनाइ छ ।