पछिल्लो २४ घन्टामा देशभरिमा ३६५ जना कोरोना संक्रमित थपिएका छन् ।
३,६७१ जनामा गरिएको पिसिआर परीक्षणबाट ३२६ र १,९२३ जनामा गरिएको एन्टिजेन परीक्षणबाट ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
अहिलेसम्म देशभरिमा पिसिआर परीक्षणबाट ८,०३,८७८ जनामा र एन्टिजेन परीक्षणबाट ९३,२५६ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ ।
मन्त्रालयका अनुसार सोही अवधिमा ६०९ जना कोरोना संक्रमणबाट मुक्त भएका छन्। योसहित अहिलेसम्म निको हुनेको संख्या ७,७८,३५० पुगेको छ ।
पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट ४ जनाको मृत्यु भएको छ । थपिएका सहित अहिलेसम्म मृत्यु हुनेको संख्या ११,२६१ पुगेको छ ।
अहिले देशभरिमा १४,२६७ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ। तीमध्ये १३,१७२ जना होम आइसोलेसनमा र १,०९५ जना संस्थागत आइसोलेसनमा उपचाररत छन् ।
त्यसैगरी ३१५ सजनको आईसियुमा उपचार भइरहँदा १०७ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ ।