logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

बैंक लुटपाटमा सम्लग्न दुई भारतीयसहित तीन जना पक्राउ


अंकुरण खबर
858
Shares

सिटिजन बैंक लुटपाटको घटनामा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

धनपालथान गाउँपालिका वडा नं ४ कर्सिया विपी चोकमा रहेको बैंकमा लुटपाट गर्नेलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा विराटनगर महानगरपालिका वडा नं ८ बस्ने ३२ वर्षीय श्याम मुखिया, भारत अररिया सेखपुरा ५ बस्ने २८ वर्षीय सुनिल यादव र भारत अररिया गोराहा ४ बस्ने ३० वर्षीय विजय सहनी रहेको प्रहरीले बताएको छ ।

को २५ प ३८९९ नं को मोटरसाइकलमा तीनैजना भारततर्फ भाग्ने क्रममा मोरङ धनपालथान गापा २ खयरबना चोक नजिकबाट प्रहरीले पक्राउ गरेको हो ।

बायाँ तिघ्रामा गोली लागि घाइते अवस्थामा फेला परेका सहनीलाई रंगेली अस्पतालमा उपचार पश्चात् ईप्रका रंगेलीमा ल्याई राखिएको जिल्ला प्रहरी कार्यालय मोरङले जानकारी दिएको छ ।