logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नेपाल पहिलोपटक साफ च्याम्पियसिप फुटबलको फाइनलमा


अंकुरण खबर
1.209K
Shares

नेपाल साफ च्याम्पियसिप फुटबलको फाइनलमा पुगेको छ।

बुधबार माल्दिभ्समा भएको खेलमा बंगलादेशलाई १–१ गोलको बराबरीमा रोक्दै नेपालले पहिलोपटक फाइनलको यात्रा तय गरेको हो।

खेलको ९ औँ मिनेटमा सुमन रेजाको गोलबाट बंगलादेशले सुरुवाती अग्रता लिएको थियो। तर नेपालले पेनाल्टीमार्फत खेलको ८८ औँ मिनेटमा बराबरी गोल फर्काउँदै उपाधि भिडन्त सुनिश्चित गरेको हो।

नेपालका लागि अन्जन विष्टले गोल  गरेका हुन् । साफ च्याम्पियनसिप फुटबलको इतिहासमा नेपालले पहिलो पटक फाइनलमा स्थान बनाएको हो।

बुधबार राति आयोजक माल्दिभ्स र भारतबीच खेल हुँदैछ। फाइनलमा स्थान बनाउन भारतलाई जित आवश्यक पर्नेछ भने माल्दिभ्सलाई बराबरी भए पुग्नेछ।