logo
  • सोमवार, कार्तिक २४, २०८३ / Monday, Nov, 09 ,2026

जुम्लामा होटल सञ्चालकको शव भेटियो, हत्याको आशंका


अंकुरण खबर
780
Shares

जुम्लामा होटल व्यवसायी गर्दै आएका दैलेखका शेरबहादुर शाहीको बिहीबार बिहान शव फेला परेको छ।

जुम्लाको चन्दननाथ नगरपालिका–६ पुरानो बसपार्क नजिक कर्णाली राजमार्गको छेउमा भ्याली भ्यू होटल सञ्चालन गर्दै आएका उनको होटेलकै बरण्डामा शव फेला परेको प्रहरी नायव उपरीक्षक दानबहादुर थापाले जानकारी दिए।

उनका अनुसार होटल बाहिर यत्रतत्र रगतका छिटाहरू देखिएकाले हत्याको आशंका गरिएको छ।  अहिले प्रराम्भिक अनुसन्धान भइरहेको थापाले जनाकारी दिए ।

शाहीले करिब दुई वर्षदेखि जुम्लामा होटल व्यवसाय गर्दै आएका थिए।