logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कञ्चनपुरमा जुवातास खेलिरहेको अवस्थामा ९ जना पक्राउ


अंकुरण खबर
572
Shares

कञ्चनपुरको भिमदत्त नगरपालिका–४ भाँसी बस्ने भुवन साँउदको घरमा तास खेलिरहेको अवस्थामा ९ जनालाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको छ ।

उक्त घरमा जुवातास खेलाइरहेको भन्ने खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीले उनीहरूलाई तास खेलिरहेको अवस्थामा पक्राउ गरेको हो ।

उनीहरुबाट नगद २ लाख ९८ हजार १ सय रुपैयाँ र १ गड्डी तास समेत बरामद गरिएको प्रहरीले जनाएको छ ।

घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।