logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

मुुगु बस दुर्घटनाको छानबिन गर्न समिति गठन, १० दिनभित्र प्रतिवेदन पेश गर्न निर्देशन


अंकुरण खबर
1.209K
Shares

सरकारले मुुगुमा भएको बस दुर्घटनाको छानबिन गर्न समिति गठन गरेको छ ।

कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वीरेन्द्रवीर विश्वकर्माको संयोजकत्वमा ३ सदस्यीय समिति गठन गरेको हो ।

समितिमा प्रदेश प्रहरी कार्यालयका प्रहरी निरीक्षक जीवन लामिछाने र प्रदेश ट्राफिक प्रहरी कार्यालयका हबल्दार हरि लामिछाने सदस्य रहेका छन् । समितिलाई बस दुर्घटनाको सत्यतथ्य पत्ता लगाई १० दिनभित्र प्रतिवेदन पेश गर्न निर्देशन दिईएको छ ।

नेपालगन्जबाट मुगु सदरमुकाम गमगढी जाँदै गरेको छायाँनाथ रारा यातायात प्रालिको भे १ ख ३१६७ नम्बरको बस मंगलबार जुम्ला–मुुगु सडकखण्डमा पर्ने पिनातपने खोलामा दुर्घटना हुँदा ३२ जनाको मृत्यु भएको थियो ।

चालकको सिटमुनिको टायर पङ्चर भई दुर्घटना भएको प्रारम्भिक अनुमान गरिएपनि छानबिन समितिको स्थलगत अनुसन्धान प्रतिवेदनका आधारमा वास्तविक कारण पत्ता लाग्ने प्रहरीले जनाएको छ ।