logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

राष्ट्रपति भण्डारीद्वारा नवकन्याको पूजा


अंकुरण खबर
1.248K
Shares

बडादसैँको नवौँ दिन बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीले नवकन्याको पूजा गरेकी छन्।

महानवमीको शुभदिनमा आज (बिहीबार) बिहान राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति भण्डारीले नवकन्या (नौजना कन्या)को पूजा गरेकी हुन्।

वैदिक सनातन हिन्दू धर्मशास्त्रमा वर्णित विधिअनुसार विजयादशमीको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्री, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्री देवीको पूजा गर्ने गरिन्छ।

यसरी पूजा गर्दा पहिलो दिन एक वर्षकी कन्या, त्यसपछि क्रमशः दोस्रो दिन दुई, तेस्रो दिन तीन हुँदै चार, पाँच, छ, सात, आठ र नवौँ दिन महानवमीमा नौ वर्षकी कन्याको पूजा गर्ने प्रचलन छ।

सोहीबमोजिम राष्ट्रपति भण्डारीले आज महानवमीका दिन एकैपटक नौजना कन्यालाई नवदुर्गाको प्रतीक मानेर पूजा गरेकी हुन्।