पछिल्लो २४ घण्टामा ४५५ जनामा कोरोना संक्रमण भएको छ ।
तीन हजार ४१९ वटा आरटीपीसीआर परीक्षण गरिएकोमा ३९८ जनामा र दुइ हजार ७९८ वटा एन्टीजेन परीक्षण गर्दा ५७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ९६.८८ प्रतिशत रहेको जनाएको छ ।
पछिल्लो २४ घण्टामा ८०४ जना कोरोनामुक्त भएका छन् भने ८ जना सङ्क्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।