विजयादशमीका अवसरमा प्रधानमन्त्री शेरबहादुर देउवाले शुभकामना व्यक्त गरेका छन्। प्रधानमन्त्री देउवाले शुक्रबार बिहान शुभकामना सन्देश जारी गर्दै सम्पूर्ण नेपालीहरुमा व्यक्त गरेका हुन्।
प्रधानमन्त्री देउवाले दसैंले राष्ट्रिय एकताको भावना अझ विकास गर्न सकोस भन्ने कामना गरेका छन्। ‘दसैंले सम्पूर्ण नेपालीहरुको मुहारमा खुसी ल्याउन सकोस्,’ शुभकामना सन्देशमा भनिएको छ, ‘राष्ट्रिय एकताको भावना अझ विकास गर्न सकोस्।’
प्रधानमन्त्री देउवाले जारी गरेको शुभकामना सन्देशमा भनिएको छ, ‘विविधतायुक्त विशेषताहरुबीचको एकता हाम्रो मौलिक पहिचान हो। सबै जाति, भाषा, धर्म, संस्कृति र सभ्यताहरुको संरक्षण र विकास गर्नु साक्षा दायित्व हो। वडा दशैंलगायतका हाम्रा सांस्कृतिक पर्वहरुले नेपलाी समाज र मानव जीवनमा भातृत्व, भावनात्मक एकता र राष्ट्रिय गौरवका निम्ति विशिष्ट योगदान पुर्याउँदै आएका छन्। यसले हाम्रो मूल्य, मान्यता र संस्कारहरुलार्य थप बलियो बनाउन सक्छ भन्ने मेरो गहिरो विश्वास छ।’
प्रधानमन्त्री देउवाले कोभिड १९को जोखिम कायमै रहेकाले दसैं मनाउँदा स्वास्थ्य मापदण्ड पालना गर्न पनि सबैमा आग्रह गरेका छन्। उनले आसपी सद्भाव, भाइचारा र मित्रवत् सम्बन्ध विकास गर्ने अवसरका रुपमा दसैं मनाउन अनुरोध गरेका छन्।