logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

केही दिन मौसम बदली हुने पूर्वानुमान


अंकुरण खबर
637
Shares

आजदेखि केही दिन देशभरको मौसम बदली हुने अनुमान जल तथा मौसम विज्ञान विभागले गरेको छ ।

मौसम पूर्वानुमान महाशाखाले जारी गरेको बुलेटिनअनुसार भारत आन्ध्रप्रदेश र उडिसाको तटीय क्षेत्रमा न्यून चापीय रेखा र पश्चिमी वायु प्रणालीको संयुक्त प्रभावका कारण नेपालमा पनि मौसम बदली हुने सम्भावना देखिएको हो ।

त्यसको खास प्रभाव आइतबारदेखि देखिन थाल्ने महाशाखाको पूर्वानुमान छ ।

नेपालभर उक्त वायुले हल्कादेखि मध्यम वर्षात् गराउने अनुमान छ । मेघ गर्जन, चट्याङ र हावाहुरी पनि गराउन सक्ने भएकाले महाशाखाले सबैमा सतर्कताका लागि आग्रह गरेको छ । हिमाली भूभागमा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।