logo
  • सोमवार, कार्तिक २४, २०८३ / Monday, Nov, 09 ,2026

ताप्लेजुङमा सर्प दंशबाट एकजनाको मृत्यु


अंकुरण खबर
1.469K
Shares

ताप्लेजुङमा शनिबार बिहान सर्प दंशबाट एकजनाको मृत्यु भएको छ ।

फुङ्लिङ नगरपालिका–९ हाङ्देवाका २५ वर्षीय कृष्णबहादुर घतानीको सर्प दंशबाट मृत्यु भएको हो ।

जिल्ला अस्पतालमा उपचारको क्रममा घतानीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

शुक्रबार राति घतानीलाई सर्पले डसेको थियो । सर्पले डसेपछि सुरुमा घरमै झारफुक र घरेलु औषधि गराएका उनलाई शनिबार बिहान  मात्र आफन्तले  जिल्ला अस्पतालमा लगेर भर्ना गराएका थिए ।

अस्पताल भर्ना गरेको केही समयमै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।