काठमाडौंको असनका स्थानीय बासिन्दाले बल्ल आज विजया दशमीको टीका लगाउदैछन् ।
हरेक वर्ष एकादशीका दिन असनका बासिन्दाहरुले मान्यजनबाट दुर्गा भवानीको प्रसादस्वरुप टीका, जमरा थापी विजया दशमी मनाउने गर्दछन् ।
आज नै असनमा तुलाधर समुदायको सबैभन्दा कान्छो कुमार बालकको अगुवाइमा खड्ग जात्रा निकालिने गरिन्छ ।
असनमा रहेको अन्नपूर्ण अजिमाको मन्दिर नजिकै रहेको आगम घरबाट दिउँसो १ बजेपछि खड्ग जात्रा निस्कने स्थानीय रोशन तुलाधरले बताए।
असन बाहेक अन्य क्षेत्रमा भने हिजै विजया दशमी मनाइएको छ । विजया दशमीको दिन हिजो टिका लगाउन छुटेकाहरूले आज पनि आफ्ना मान्यजन र आफन्तहरूबाट टीका थापेर आर्शीवाद लिँदै छन्।