logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

भारतीय नेसनल डिफेन्स कोर्सको सैनिक टोली आइतबार नेपाल आउँदै


अंकुरण खबर
936
Shares

भारतको नेसनल डिफेन्स कलेजमा सन् २०२१ को ब्याचमा अध्ययनरत सैनिक टोलीले नेपाल भ्रमण गर्ने भएको छ ।

रियर एडमिरल धीरेन भिगको नेतृत्वमा ३९ सदस्यीय टोलीले आइतबारदेखि ६ कात्तिकसम्म नेपाल भ्रमण गर्न लागेको हो । टोलीमा फ्याकल्टी र कोर्समा सहभागी सैनिक अधिकृत हुने छन् ।

टोलीले प्रधानमन्त्री, रक्षामन्त्री, अर्थमन्त्री र परराष्ट्रमन्त्रीसँग शिष्टाचार भेटघाट गर्ने कार्यक्रम रहेको जंगीअड्डाले जनाएको छ ।

टोलीले जंगीअड्डा, मध्य कमान्ड हेडक्वार्टर पोखरा र कमान्ड तथा स्टाफ कलेज शिवपुरीको भ्रमण गर्नेछ । यस्तै, पशुपतिनाथ, मुक्तिनाथ, होटल एभरेस्ट भ्यू नाम्चे चन्द्रागिरि र नारायणहिटी दरबार संग्रहालयको अवलोकन गर्ने जंगीअड्डाले जनाएको छ ।