logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

झापा र बिरगञ्जबाट लागुऔषध सहित २ जना पक्राउ


अंकुरण खबर
598
Shares

झापाको भद्रपुरबाट बिर्तामोडतर्फ आउँदै गरेको यात्रुबाहक बसमा एक युवाको साथबाट प्रहरीले ब्राउनसुगर बरामद गरेको छ ।

भद्रपुर नगरपालिका ८ बाट अन्दाजी ९ ग्राम ब्राउनसुगरसहित बिर्तामोड नगरपालिका ८ का ३१ वर्षीय नवीन खानलाई प्रहरीले पक्राउ गरेको हो । बसमा सवार उनीमाथि जाँच गर्ने क्रममा प्रहरीले लागूऔषध बरामद गरेको हो ।

त्यस्तै प्रदेश २ को पर्सास्थित वीरगञ्ज महानगरपालिका २५ बाट ग्यास बोक्ने ट्याङ्करबाट एक सय २० केजी गाँजा बरामद गरिएको छ ।

भारतीय एनएल ०१ के ०७५४ नम्बरको ग्यास बोक्ने ट्याङ्करबाट गाँजा बरामद गरिएको हो । ट्याङ्कर चालक फरार रहेका छन् । फरार चालकको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।