logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

डुबेर दुईजनाको मृत्यु


अंकुरण खबर
1.144K
Shares

सिन्धुली दुधौली नगरपालिका–११ मरघटिस्थित कमला नदीमा डुबेर इलाम सन्दकपुर गाउँपालिका–१ की २५ वर्षीया फुलकुमारी मुखियाको शुक्रबार बिहान मृत्यु भएको छ ।

नदीमा नुहाउने क्रममा डुबेकी उनको उपचारका लागि कटारीतर्फ लैजाने क्रममा मृत्यु भएको हो ।

यस्तै, रुपन्देही देवदह नगरपालिका–२ स्थित रोहिणी नदीमा पौडी खेल्ने क्रममा डुबेर सिद्धार्थनगर नगरपालिका–४ बस्ने ११ वर्षीय सानु लोधको शुक्रबार दिउँसो मृत्यु भएको छ ।

पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी खैरेनीबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा उनको शव फेला पारेको हो ।