सुर्खेतमा बस दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ ।
दैलेखको बेस्तडाबाट सुर्खेत आउँदै गरेको मिनी बस सुर्खेतको लादे ओरालोमा दुर्घटना हुँदा एक महिलाको भएको हो । दुर्घटनामा पाँच जना घाइते भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ ।
मृत्यु हुनेमा भगवतीमाई गाउँपालिका १ की २९ वर्षीया शान्ता थापा भएको प्रहरीले जनाएको छ ।
बिहान बेस्तडाबाट यात्रु लिएर सुर्खेत आउँदै गरेको कर्णाली प्रदेश ००१ ख ०१६६ नम्बरको उक्त मिनी बसमा ३४ यात्रु थिए। घाइतेहरूको उपचारका लागि सुर्खेत पठाइएको प्रहरीको भनाइ छ ।