शनिबार राति परेको भीषण वर्षाले सिन्धुपाल्चोकको मेलम्ची क्षेत्रको जनजीवन पुनः प्रभावित भएको छ ।
वर्षाका कारण मेलम्ची, शिखरपुर, ज्यामिरे, इन्द्रावती गाउँपालिका र पाँचपोखरी थाङ्पाल गाउँपालिका जोड्न हिम पाइप राखेर बनाइएको अस्थायी बाटो पुनः अवरुद्ध भएको छ ।
बर्षा कारण बाहुनेपाटी नजिकै ढकाल खरेमा पहिरो खसेको छ । पहिरोपछि मेलम्ची–काठमाडौ जाने हेलम्वु राजमार्ग अवरुद्ध बनेको छ ।