भारतमा १७ दिनको अवधिमा १४ पटक पेट्रोलियम पदार्थको मूल्य बढेको छ ।
सरकारी तेल कम्पनीले आइतबार लगातार तेस्रो दिन तेलको भाउ बढाएको हो ।
दिल्लीमा पेट्रोलको मूल्य १०५.८४ भारु पुगेको छ । त्यस्तै डिजेलको मूल्य ९४.५७ भारु पुगेको छ । आइतबार मात्रै त्यहाँ ३५ पैसा वृद्धि भएको छ ।
१७ दिनको अवधिमा मात्रै दिल्लीमा पेट्रोलमा ४.२० रुपैयाँ र डिजेलमा ४.७० रुपैयाँ बढेको छ । सन् २०२१ मा मात्रै अहिलेसम्म पेट्रोलमा २१.८७ तथा डिजेलमा २०.४५ रुपैयाँ बढिसकेको छ ।
अन्तर्राष्ट्रिय स्तरमा कच्चा तेलको मूल्य निरन्तर बढिरहेको छ । कच्चा तेलको भाउ ८४ डलर प्रति ब्यारेल पुगिसकेको छ । भारतका ३१ राज्यमा पेट्रोल र १३ राज्यमा डिजलको भाउ १०० भारु भन्दा माथि पुगेको छ ।