धर्मदेवी नगरपालिका–१ तीनजुरेमा ट्रयाक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
तेह्रथुमको लालीगुराँस नगरपालिका–१ का ३७ वर्षीय रमेश दाहालको मृत्यु भएको हो । आइतबार बिहान टुटेदेउरालीबाट गुफापोखरी जाँदै गरेको ट्रयाक्टर तीनजुरेमा दुर्घटना भएको थियो ।
चालक दाहालको घटनास्थलमै मृत्यु भएको ट्राफिक प्रहरी कार्यालय संखुवासभाका प्रमुख मानबहादुर खत्रीले जानकारी दिए ।
ट्रयाक्टर सडकबाट ३०० मिटर तल खसेको छ । दुर्घटना भएको ट्रयाक्टरको नम्बर प्लेट नखुलेको प्रहरीले जनाएको छ । घटनाको थप अनुसन्धान भइरेहको छ ।