स्थानीय

महोत्तरीमा भाउजुको हत्या आरोपमा देवर पक्राउ

महोत्तरीमा भाउजुलाई हत्या गरेको आरोपमा देवर पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा महोत्तरी गाउँपालिका ३ मडै घर भई हाल धनुषा जनकपुर उपमहानगरपालिका २४ सोनापैडा बस्ने ४२ वर्षिय संजयकुमार झा रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीले आइतबार पत्रकार सम्मेलन गरी ४२ वर्षिया भाउजु शीलादेवी झालाई असोज २७ गते राति हथौडा प्रयोग गरी हत्या गरेको आरोपमा देवर झालाई पक्राउ गरेको जनाएको छ ।

मडैस्थित घरमा गएर भाउजु शीलालाई हथौडाले तीन पटक टाउकोमा प्रहार गरेर देवर झाले हत्या गरेको प्रहरीको भनाई छ ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी निरिक्षक रंजन मिश्रका अनुसार श्रीमती रिंकुदेवी झाको गर्भ तुहाएको, आफ्नो वुवा र दाजुलाई टुनामुना गरेर मारेको, सापटी लिएको रकम फिर्ता नगरेको कारणले भाउजुको हत्या गरेको सञ्जयले स्वीकार गरेको जानकारी दिए ।

Comment here