साफ च्याम्पियनसिप फुटबलमा उपविजेता बनेको नेपाली राष्ट्रिय फुटबल टोली आज स्वदेश फर्कदैछ ।
माल्दिभ्समा भएको खेलमा उपविजेता बनेको नेपाली टोली आज बिहान सवा ९ बजे नेपाल आइपुग्ने अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ ।
तर मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी भने आज नफर्कने जनाएका छन् । उनले केही दिनपछि मात्रै आफू नेपाल फर्कने÷नफर्कने विषयमा निर्णय गर्ने बताएका छन् ।
नेपाल फाइनल खेलमा भारतसँग ३–० ले पराजित भएको थियो । नेपाल पहिलो पटक साफको उपविजेता बनेको हो । नेपाल, भारत, माल्दिभ्स, श्रीलंका र बंगलादेश सहभागी प्रतियोगितामा नेपाल शीर्ष दुईमा रहँदै पहिलो पटक फाइनलमा पुगेको थियो ।
नेपालले लिग चरणमा माल्दिभ्सलाई १–० ले र श्रीलंकालाई ३–२ ले हराएको थियो भने भारतसँग १–० ले पराजित भएको थियो । बंगलादेशसँग १र१ गोलको बराबरी खेलेर फाइनल पुगेको नेपाल भारतसँग ३–० ले पराजित भएको हो ।