नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटी बैठक अहिले बसिरहेको छ ।
पार्टी कार्यालय पेरिसडाँडामा सोमबार विहान ८ बजेबाट जारी बैठकमा पार्टीको सांगठनिक विषयमा छलफल भइरहेको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको सचिवालयले जनाएको छ ।
कार्तिक १३ गते वडा र मङ्सिर ४ गते पालिकाहरुको सम्मेलन गर्ने माओवादी केन्द्रको तयारी छ ।
यस्तै माओवादी केन्द्रले पुस ११ गतेदेखि १३ गतेसम्म राष्ट्रिय सम्मेलन गर्दै छ ।