logo
  • सोमवार, कार्तिक २४, २०८३ / Monday, Nov, 09 ,2026

महाकालीमा पानीको बहाब बढेपछि तटीय क्षेत्रका बस्ती डुबानमा


अंकुरण खबर
871
Shares

आइतबार साँझदेखिको अबिरल बर्षाका कारण महाकाली नदीमा पानीको बहाब बढ्दा नदी तटीय क्षेत्रका बस्ती डुबानमा परेका छन्।

महाकालीमा पानीको वहाव बढ्दा आसपासका सम्पूर्ण बस्ती डुवानमा परेका जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रबक्ता शिद्दराज न्यौपानेले बताए। बाढी प्रभावित परिवारको तथ्यांक संकलन भईरहेको उनले जानकारी दिए ।

महाकाली नदीले कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकास्थित भाईरल रोडसमेत कटान हुन थालेको छ। प्रबक्ता न्यौपानेका अनुसार रिङरोडको केही अंश कटान भएको छ।

यसैगरी, महाकाली नदीमा पानीले खतराको सतह पार गरेपछि गड्डाचौकी नाकामा रहेको नेपाल र भारत जोड्ने बनवासा पुलमा आवागमन बन्द गरिएको छ।

पुल पुरानो भएको र पानीको बहाव बढ्दा दुर्घटनाको जोखिम देखिएकोले आवागमन बन्द गरिएको प्रबक्ता न्यौपानेले बताए। बाढीका कारण कञ्चनपुरमा अहिलेसम्म कुनै मानवीय क्षति भएको छैन्।