logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सुदूरपश्चिममा पहिरोले पुरिएर तीन जनाको मृत्यु, एक बेपत्ता


अंकुरण खबर
754
Shares

सुदूरपश्चिममा पहिरोमा परी तीन जनाको मृत्यु भएको छ । हिजोदेखिको अविरल वर्षाका कारण आएको पहिरोमा परी तीन जनाको मृत्यु भएको हो।

त्यस्तै, एक जना घाइते भएका छन् भने एक जना बेपत्ता रहेको बताइएको छ ।

आइतबार राति आएको वर्षाका कारण डोटीको सायल गाउँपालिका–६ मेल्लेख बस्ने वीरबहादुर कुन्जेडाको घर भत्कन गई २ जनाको च्यापिएर मृत्यु भएको ईलाका प्रहरी कार्यालय डोटीले जनाएको छ।

यस्तै, मंगलबार डडेल्धुरामा पहिरोमा पुरिएर एक जनाको मृत्यु भएको छ। गन्यापधुरा गाउँपालिका १ भात्काँडामा पहिरोमा परी ३२ वर्षीय विष्णु अवस्थीको ज्यान गएको प्रहरीले जनाएको छ ।

गोदावरी नगरपालिका– ८ स्याउलेका ३० वर्षीय गणेश आउजी खुटिया नदीको पुलछेउमा ढुंगा निकाल्ने क्रममा खोलाले बगाएर बेपत्ता भएका छन्।