logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

माछा मार्न गएका कैलालीका तीन युवक बेपत्ता


अंकुरण खबर
1.248K
Shares

कैलालीमा माछा मार्न गएका तीन युवक बेपत्ता भएका छन्।

बेपत्ता हुनेमा लम्कीचुहा नगरपालिका–३ ढुङ्गे बजारका खडकबहादुर घर्ती मगर, विक्रम घर्ती मगर र खडक राना मगर रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

उनीहरुका आफन्त तीर्थबहादुर घर्ती मगरले खोजीका लागि प्रहरीमा निवेदन दिएका छन्। इलाका प्रहरी कार्यालय चिसापानीको टोली खोजतालसमा खटिएको छ। तर, अझै भेट्टाउन सकेको छैन।