कञ्चनपुरको शुक्लाफाँटामा हात्तीको आक्रमणबाट एक दम्पतीको मृत्यु भएको छ।
शुक्लाफाँटा नगरपालिका–१२ वसन्तपुरमा जङ्गली हात्तीको आक्रमण गर्दा ५५ वर्षीय ध्वजबहादुर कार्की र उनका श्रीमती ४५ वर्षीया मधुराको बुधबार बिहान मृत्यु भएको हो।
घटनापछि इलाका प्रहरी कार्यालय झलारीबाट प्रहरी निरीक्षक कर्णबहादुर बोहरा नेतृत्वको प्रहरी टोली घटनास्थल प्रस्थान गरेको जनाइएको छ।
प्रहरीले दिएको जानकारीअनुसार नजिकैको सामुदायिक वनबाट नौ/दशका संख्यामा रहेको जङ्गली हात्ती गाउँ पसेपछि स्थानीयले हो–हल्ला गरेका थिए। सोही क्रममा कार्की दम्पतीलाई हात्तीले आक्रमण गरेको प्रहरीले जनाएको छ।
‘डिलाशैनी सामुदायिक वनबाट आएका हात्तीले आक्रमण गरेको हो’, घटनास्थलबाट शुक्लाफाँटा–१२ का वडाध्यक्ष बाले रानाले भने, ‘अझै जङ्गल किनारका बस्तीमा हात्तीले आक्रमण गर्नसक्ने त्रासदी छ।’