logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

मन्त्रिपरिषदको आकस्मिक बैठक बस्दै


अंकुरण खबर
910
Shares

प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् बैठक बोलाएका छन्।

प्रधानमन्त्रीको सचिवालयका अनुसार दिउँसो ३ बजेका लागि बैठक बोलाइएको हो । आज देउवा नेतृत्वको सरकार गठन भएको एक सय दिन पूरा भएको छ।

बैठकले बेमौसमी वर्षाका कारण भएको क्षतिलगायतका विषयमा निर्णय लिने बताइएको छ। साथै बैठकमा सरकारको उपलब्धिलगायतका एजेन्डासमेत रहेको बताइएको छ।

आजको बैठकबाट बाढी र पहिरोले देशभर पुर्याएको जनधनको क्षति र राहत तथा उद्धारका लागि आवश्यक निर्णय हुने बताईएको छ ।